रामेछापमा आकस्मिक हेलिकोप्टर अवतरणः तीन घण्टा मन्थली बसेर गृहमन्त्री थापा काठमाडौं फर्किए



११ असोज, रामेछाप ।
मौसम खराब भएपछि रामेछापको मन्थलीमा हेलिकोप्टर आकस्मिक रुपमा अवतरण गरेको नेपाली सेनाको हेलिकोप्टर तीन घण्टापछि काठमाडौं फर्किको छ ।
सुरक्षा गोष्ठिको लागि भाग लिन जनकपुर जाने क्रममा आज बिहान नौ बजे मन्थली विमानस्थलमा गृह मन्त्री रामबहादुर थापा चढेको हेलिकोप्टर आकास्मिक रुपमा अवतरण गरेको थियो ।
मौसममा सुधार नआएपछि गृह मन्त्री थापा, गृह सचिव प्र्रेम कुमार राई लगायतको टोलीले मन्थलीमा रहेको जेएस होटलमा खाना खाएर पुनः काठमाडौं फर्किएको छ ।
खराब मौसमको कारण मन्थलीमा आकस्मिक अवतरण गर्नुभएका गृहमन्त्री थापा पुनः काठमाडौं फर्कनुभएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराईले रामेछाप न्युजलाई जानकारी दिनुभयो । नेपाली सेनाको एमआई–५६ हेलिकोप्टर मन्थली विमानस्थलमा अवतरण गरिएको थियो ।
नेकपाका सचिवालय सदस्य समेत रहेका गृह मन्त्री थापाले प्रमुख जिल्ला अधिकारी लिला कुमार केसी पाण्डे, प्रहरी प्रमुख सन्तोष भट्टराईसँग शान्ति सुरक्षाको अवस्थाको बारेमा जानकारी लिनुभएको थियो । त्यसैगरी उहाँले मन्थलीमा नेकपाका जिल्ला नेताहरु धावा लामा लगायतका नेताहरुसँग छलफल गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्