बढी भाडा लिएको टिकट लिएर आउनुहोस ठाउँको ठाउँ कारवाही गछौंः डिएसपी भट्टराई



१३ असोज, रामेछाप ।
रामेछाप–काठमाडौं सञ्चालन हुने सवारी साधनले चर्को भाडा लिने गरेको गुनासो बढेपछि जिल्ला प्रहरी कार्यालय रामेछापले बढी भाडा लिएको टिकट सहित प्रहरीलाई जानकारी गराउन यात्रुहरुलाई आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछाप र जिल्ला ट्राफिक प्रहरी कार्यालयले सदरमुकाम मन्थली र सेलेघाटमा नागरिक सहायता कक्ष स्थापना गरेर यात्रुको मिर पर्का बुझ्दै आएका छन् । जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाभित्र तोकिएको भाडा दर पनि सार्वजनिक गरिसकेको छ । तर सवारी साधनहरुले यात्रुहरुसँग बढी भाडा लिन भने छोडेका छैनन् ।

दुई बर्ष अघिदेखि नै रामेछाप–काठमाडौं सञ्चालन हुने टाटासुमोहरुले तोकिए भन्दा ८१ रुपैयाँ भाडा लिदै आएका छन् । त्यसैगरी ग्रामिण क्षेत्रमासम्म पुग्ने सवारी साधनहरुले तोकिए भन्दा तेब्बर भाडा लिने गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी सन्तोष भट्टराईले सवारी साधनले तोकिए भन्दा बढी भाडा लिन नपाउने बताउनुभयो ।

उहाँले रामेछाप भन्नुभयो,‘बढी भाडा लिएको गुनासो सुन्नमा आएको छ, बढी भाडा लिएको टिकट सहित प्रहरीलाई जानकारी गराउनुहोस, ठाउँको ठाउँ कारवाही गछौं ।’ टिकट उपलब्ध गराउने यात्रुको नाम गोप्य राखिदै बताउदै उहाँले गुनासो भन्दा पनि प्रमाण सहित प्रहरीलाई जानकारी गराउन आग्रह गर्नुभयो ।

यात्रुहरुले बढी भाडा तिर्न नपरोस भनेरै दुई ठाउँमा नागरिक सहायता कक्ष स्थापना गरिएको बताउदै प्रमुख भट्टराईले यात्रुहरुलाई अनिवार्य टिकट काटेर मात्र गाडी चढन आग्रह गर्नुभयो । उहाँले यात्रुहरुले काठमाडौंबाट मन्थलीसम्मको भाडा ४ सय १९ रुपैयाँमा आएको अवस्थामा मन्थलीबाट काठमाडौं जानेलाई पनि अनिवार्य रुपमा सोही भाडामा यात्रुहरुलाई पठाउन सकिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्