रामेछापका गौतमको करेन्ट लागेर निधन



१३ असोज, काठमाडौं ।
दोरम्बा गाउँपालिका–६ लखनपुरका एक युवकको करेन्ट लागेर निधन भएको छ । आइतवार बिहान काठमाडौंको वीर अस्पताल अगाडि रहेको बिजुलीको खम्बामा करेन्ट लाग्दा २६ बर्षिय रबिन्द्र गौतमको निधन भएको हो । करेन्ट लागे लगत्तै उनलाई नर्भिक अस्पताल लगिएको थियो ।

तर उपचारकै क्रममा गौतमको निधन भएको दोरम्बा गाउँपालिका–६ लखनपुरका वडा अध्यक्ष अम्बिका प्रसाद गजुरेलले रामेछाप न्युजलाई जानकारी दिनुभयो । उहाँका अनुसार मृतक गौतमका आज नै पशुपतिमा अन्त्यष्टि गरिनेछ । दोरम्बा गाउँपालिकाका प्रवक्ता समेत रहनुभएका वडा अध्यक्ष गजुरेलले दुःख घडीमा परिवारजनप्रति संमवेदना व्यक्त गर्दै मृतकप्रति श्रद्धान्जली व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्