रामेछापमा सबै नाका सिज गरेर प्रहरीले समात्यो बलात्कारी



१५ असोज, रामेछाप ।
जिल्ला प्रहरी कार्यालयले रातभर जिल्लाको सबै नाका सिज गरेर बलात्कारी पक्राउ गरेको छ । दोरम्बा गाउँपापलिका–५ मा एक छ बर्षिय नाबालिकालाई बलात्कार गरेको घटना थाहा पाएलगत्तै सोमवार राती परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए ।

पीडितले जानकारी गराएसँगै जिल्ला प्रहरी कार्यालय रामेछापले जिल्लाको सबै नाकामा पचास जना भन्दा बढी प्रहरी परिचालन गरेको थियो । बलात्कारीले प्रहरीको आँखा चलेर भाग्ने क्रममा गाल्वा बजारबाट प्रक्राउ गरेको छ । प्रहरीले दोरम्बा गाउँपालिका–५ का  १७ बर्षिय  नाम परिवतन ठाेक बहादुरलाई पक्राउ गरेको छ । थापाबाट बलात्कृत भएकी छ बर्षिय बालिका उनका नातेदार समेत भएको प्रहरीले बताएको छ ।

पक्राउ परेका थापालाई जिल्ला प्रहरी कार्यालय रामेछापले पीडित परिवारले दिएको किटानी जाहेरीको आधारमा अनुसन्धान अगाडि बढाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख सन्तोष भट्टराईले रातभर पचास जना भन्दा बढी प्रहरी परिचालन गरेर बलात्कारका आरोपी थापालाई पक्राउ गरिएको रामेछाप न्युजलाई बताउनुभयो ।

उहाँले भन्नुभयो,‘घटनाको बारेमा जानकारी गराएसँगै नाका नाकामा प्रहरी परिचालन गरेकै कारण थापा भाग्न सकेनन, अन्नतः प्रहरी पक्राउ गर्न सफल भएको छ ।’ बलात्कारको अभियोगमा पक्राउ परेका थापालाई आठ बर्ष भन्दा बढी जेल सजाय हुने व्यवस्था रहेको छ ।

पक्राउ परेका थापाले नाबालिकालाई मोबाइल दिन्छु भन्दै फकाएर आफ्नो घरमा कोही पनि नभएको बेला बोलाएर बलात्कार गरेको बयान दिएको प्रहरीले बताएको छ । नाबालिकाले घरमा आएर चिच्याउदै रुन थालेपछि बालिकाले आफूमाथि गरिएको बलात्कारको बारेमा आमालाई जानकारी गराएकी थिइन ।

प्रतिक्रिया दिनुहोस्