ब्रेकिङः रामेछापमा बुहारीद्धारा बिरामी सासुको घाँटी थिचेर हत्या



१५ असोज, रामेछाप ।
रामेछाप जिल्लामा एक बुहारीले बिरामी भएर ओछ्यानमा थला परेकी सासुको घाँटी थिचेर हत्या गरेकी छिन् । रामेछाप खाँडादेवी गाउँपालिका–४ तल्लोटारीस्थित ७२ बर्षकी चरी भन्ने काली गिरीलाई उनको बुहारी निर्मला गिरीले घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराईले रामेछाप न्युजलाई बताउनुभयो ।
उहाँले विगत तीन बर्षदेखि बिरामी भएर घरकै थला परेर बसेकी गिरीको घाँटीमा लिलडाम देखिएपछि प्रहरीले मृत्यु शंकास्पद भएको भन्दै अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा उनीकी बुहारीले निर्मलाले घाँटी थिचेर हत्या गरेको स्वीकार गरेको बयान दिएको प्रहरीले बताएको छ ।
हत्या गरेको किटानी जाहेरी परेपछि प्रहरीले निर्मलालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको डिएसपी भट्टराईले बताउनुभयो । घटनाको अनुसन्धान गर्नको लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रविभुषण यादवको आठ सदस्यी टोलीले घटनास्थलमा मुचुल्का उठाउने क्रममा कर्तव्य भएको हुन सक्ने आशंका गरेको थियो । मृतक गिरीको शवको पोष्टमार्टम गर्नको लागि टिचिङ अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता टेकेन्द्र पौडेलले रामेछाप न्युजलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्