रामेछापमा प्रहरीको सक्रियताः सार्वजनिक सवारीमाथि कडाइपूर्वक चेकजाँच (फोटोफिचर)
१६ असोज, रामेछाप ।
रामेछाप भित्र्ने सवारी साधनमाथि प्रहरीले चेकजाँच कडाई गरेको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरीको संयुक्त टोलीले सवारी साधनको चेकजाँग गरेर यात्रुहरुको गुनासो सुन्ने क्रम सुरु भएको छ ।
प्रहरीले छतमा यात्रु बोक्न पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराईले राजधानी काठमाडौँ लगायत देशका विभिन्न ठाउँबाट रामेछाप जिल्ला प्रवेश गर्ने साना तथा ठुला सवारी साधन चेक जाँचमा कडाई गरिएको बताउनुभयो ।
ट्राफिक प्रहरी कार्यलय रामेछापका प्रमुख होम बहादुर भित्रिकोटीले दशैको समयमा हुने सम्भावित सवारी दुर्घटना कम गर्न र यात्रुहरु नठगिउन भन्नका लागी सवारी चेक जाँचमा कडाई गरिएको बताउनुभयो ।
प्रहरी रामेछापले सदरमुकाम मन्थली, सेलेघाट, रामेछाप बजार लगायतका ठाउँमा प्रवेश गर्ने साना तथा ठुला सवारी साधन चेक जाँचमा कडाई गरिएको छ । प्रहरीले सवारी भित्र नै प्रवेश गरेर यात्रारत यात्रुहरुसँग गुनासो सुन्ने कामलाई पनि अगाडि बढाएको छ ।