बीपी राजमार्गमा अत्याधिक ट्राफिक जामः एक दिनमा ४० हजार सवारी बाहिरिए



१७ असोज, काभ्रे ।
बीपी राजमार्गमा दशैका पहलपहल बढेसँगै अत्याधिक रुपमा ट्राफिक जाम बढेकाे छ । राजधानी काठमाडौं र तराई जोडने वैकल्पिक सडकको रुपमा रहेको बीपी राजमार्ग साँघुरो भएकै कारण ट्राफिक जाम बढेको हो । नागढुंगामा जाम हुने भएपछि पूर्व जाने साना यातायात बीपी राजमार्ग हुँदै सञ्चालन हुने गरेको छ । बीपी राजमार्गमा टाटासुमो, हायस र मिनी बस, साना निजी सवारी साधन सञ्चालन हुने गरेका छन् ।

तस्बीरः भुवन थापाबाट

यस अघि दैनिक पाँच हजारको सख्यामा सवारी सञ्चालन हुने गरेको थियो । तर दशै बेला सवारी साधनको चाप अध्याधिक रुपमा बढेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख जयराज सापकोटाले दैनिक शुक्रवार करिब ३५ हजारदेखि चालिस हजारसम्म सवारी साधन सञ्चालन भएको रामेछाप न्युजलाई जानकारी दिनुभयो ।

बीपी राजमार्गमा हाल दैनिक छ देखि १० घण्टासम्म जाम हुने गरेको छ । बीपी राजमार्गको ठाउँठाउँमा खहरेको कारण यातायात सञ्चालन गर्न कठिनाइ भएको छ भने अध्याधिक रुपमा सवारी साधन सञ्चालन हुँदा ट्राफिक व्यवस्थापन गर्न पनि ट्राफिक प्रहरीलाई मुस्किल परेको छ । बीपी राजमार्ग धुलिखेलबाट बर्दियावाससम्म १ सय ६० किलोमिटर रहेको छ । सरकारले साँघुरो भएको कारण बीपी राजमार्गलाई दुई लेनको बनाउने तयारी थालेको छ ।

प्रतिक्रिया दिनुहोस्