सिन्धुली र काभ्रेको सीमानामा बस दुर्घटनाः ३ जनाको घटनास्थलमै मृत्यु



१८ असोज, रामेछाप । सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका र काभ्रेको रोशी गाउँपालिकाको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

काठमाडौंबाट रिजर्भमा लगिएको गाडी दुर्घटना हुँदा दुर्घट्नामा परि ३ जनाको घट्नास्थलमै मृत्यु भएको तेमाल गाउँपालिका–९ का ९ का वडा अध्यक्ष चन्द्रबहादुर लामाले जानकारी दिए । उनका अनुसार करिब ३५ जना घाइते हुनसक्ने लामाले अनुमन लगाएकाछन् । बा ३ ख २३ ५९ नम्बर को उक्त बस काठमाडौंबाट विराटनगर जाने क्रममा अनियन्त्रित भई दुर्घट्ना भएको बुझिएको छ ।
अहिले नेपालथोक प्रहरी चौकी र मंगलटार इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उद्धार गरेर अस्पताल पठाएको मंगलटार इलाका प्रहरी कार्यालयका प्रमुख इन्पेक्टर धर्मजंग थिङले जानकारी दिए । मृतक र घाइतेहरुको पूर्ण विवरण आउन बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्