अपडेटः वीपी मार्गमा भएको दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत



१८ असाेज, काठमाडाैं ।

बीपी राजमार्गको दुम्जामा शनिबार दिउँसाे यात्रुवाहक मिनिबस पल्टिदा निधन भएका तीनजना मध्ये दुई जनाको सनाखत भएको छ । काठमाडौँबाट लहानतर्फ जाँदै गरेको बा ३ ख २३५९ नम्बरको मिनिबस दिउँसो १ः३० बजेतिर तीब्रगतिका कारण सडकमै पल्टिएको थियो ।

नेपालथोक प्रहरीका सई रवीन्द्र खड्काका अनुसार, दुर्घटनामा सिरहा जिल्ला इनरुवा ८ का ३५ वर्षीय रामअवतार पाण्डित, सप्तरी जिल्ला राजविराज ७ की २१ वर्षीया लक्ष्मी देव र वतन नखुलेको करिव ३५ वर्षीय दलबहादुर श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको छ ।

अन्य गम्भीर सात जना घाइतेको धुलिखेल अस्पतालमा उपचारका लागि पठाइएको र अन्य सामान्य घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचारपछि घर पठाइएको छ । मिनिबसमा करिव २८ जना यात्रु भएको जनाइएको छ । दुई दिनदेखि यातायातको चापका कारण सडक जाम बनेकाले घाइतेलाई अस्पताल पठाउन निकै समस्या परेको थियो ।

प्रतिक्रिया दिनुहोस्