लोक स्टारका प्रतिस्पर्धी रामकुमार नेपालीलाई गृह जिल्ला रामेछापमा भव्य स्वागत (फाेटाेफिचर)



१८ असोज, रामेछाप ।
नेपाल लोक स्टारको प्रतिस्पर्धी रामकुमार नेपालीलाई गृह जिल्ला रामेछापमा भव्य स्वागत गरिएको छ । दशै मान्न गृह जिल्ला आएका नेपालीलाई मन्थली नगरपालिका– १ कुनौरीमा भब्य स्वागत गरिएको हो । ३ नम्बर प्रदेशको सानको रुपमा रहेका नेपालीले स्वदेश तथा विदेशबाट नेपालीहरुबाट पाएको मायाको कारण ज्यादै खुसी भएको प्रतिक्रिया दिनुभयो ।

पाचँ चोटी सम्म पर्फमर अफ द डे बनेर ३ वटा कर्लस मोबाइल र ५० हजार रकम पाउन सफल नेपालीले प्रत्येक शोमा प्रस्तुत गर्ने लोक गीतको कारण जर्ज दर्शक र आम नेपालीको मन जित्न सफल हुनुभएको छ । नेपाल लोक स्टारमा बिजेता हुनेलाई ५० लाख प्राप्त गर्नेछन् । लोक स्टारमा नेपालीको हालसम्मको प्रस्तुतीको कारण प्रथम हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्