रामेछापमा मध्ये रातमा गाडी दुर्घटनाः प्रहरीले बचायो ३ जनाको ज्यान



१९ असोज, रामेछाप ।
मन्थली नगरपालिका–९ पुरानागाउँमा शनिवार राती गाडी दुर्घटना भएको छ । राती दस बजे पुरानागाउँमा भएको सडक दुर्घटनामा परी सडकबाट गाडी करिब सय मिटर तल खसेको थियो । गाडी दुर्घटना भएपछि आपतमा परेका गाडीका घाइते यात्रुले प्रहरीलाई उद्धारको लागि गुहार मागेका खबर गरे लगत्तै फुलासीबाट खटिएको प्रहरी घटनास्थलमा पुगेर घाइेतहरुको उद्दार गरेको थियो । राती २ बजे प्रहरीले घाइतेहरुलाई सदरमुकाम मन्थलीस्थित तामाकोसी अस्पतालमा ल्याएको थियो ।

बा १२ च ६०६३ नम्बरको निजी बलेरोमा सवार ६ जना यात्रु मध्ये तीन जना गम्भीर घाइते भएका छन् । घाइते भएकालाई प्रहरीको आग्रहमा वडा अध्यक्ष बुद्धि बहादुर पुलामी मगरले उपलब्ध गराएको गाडीमा राखेर राती दुई बजे मन्थली ल्याइ पुर्याएको थियो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराईले गाडीमा रहेको छ जना यात्रु मध्ये तीन जनाको अवस्था सामान्य रहेको र तीन जना गम्भीर रहेको रामेछाप न्युजलाई बताउनुभयो ।

उहाँका अनुसार गम्भीर घाइते भएका तीन जनालाई मन्थलीमा प्राथमिक उपचार गरेर थप उपचारको लागि धुलिखेल र काठमार्डौ पठाइएको छ । काठमाडौंबाट पुरानागाउँतर्फ जादै गएको बलेरोका चालक उदयपुर ओखलेका सुरेश मगर, काभ्रेका भोजबहादुर मगर र मन्थली नगरपालिका–९ का पुरानागाउँका सविन आलेमगर रहेका छन् ।

भोजबहादुर मगरको दायाँ आँखा टयामेज भएको प्रहरीले बताएको छ । चालक मगर दशै मान्न सुसुराली पुरानागाउँ गएका थिए । प्रहरीले रात नै उद्दार गरेर गम्भीर घाइते भएका तीन जनाको ज्यान बचाएको भन्दै घाइतेका आफन्तहरुले प्रहरीलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्