देवीटार–फुलासी सडक कालोपत्रे हुन्छः सांसद श्रेष्ठ



२० असोज, रामेछाप ।
प्रतिनिधिसभा सासंद एवं नेकपा रामेछापका सह–इन्चार्ज श्याम कुमार श्रेष्ठले देवीटार–फुलासी सडक कालोपत्रे गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले ग्राबेलको काम सम्पन्न भएको उक्त सडक कालोपत्रे गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

मन्थली नगरपालिका–१३ मा आयोजना गरेको सांस्कृति कार्यक्रमलाई सम्बोधन गर्दै सांसद श्रेष्ठले जिल्लामा विकास निर्माणको कामले गति लिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘विकास निर्माणको कामलाई योजनाबद्ध रुपमा अगाडि बढाउने काममा जुटेका छौ, समृद्धि रामेछाप निर्माणको अभियानमा लागेका छौं ।’ देवीघाटदेखि फुलासीसम्म करिब ३० किलोमिटर सडक कालोपत्र गर्ने कार्यक्रमलाई प्राथमिकतमा राखेर बजेट पार्न पहल गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा तीन नम्बर प्रदेशका सांसद शान्ति पौडेलले जिल्लाको विकासको लागि आफूहरु संघीय सरकार स्ूथानीय सरकारसँग सहकार्य गरेर अगाडि बढिरहेको बताउनुभयो । उक्त कार्यक्रममा राष्ट्रिय कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्