भक्तपुरमा मोटरसाइकल दुर्घटनाः रामेछापका भुजेलको निधन



२१ असोज, भक्तपुर ।
भक्तपुरको सूर्यविनायक–८, भातेढिकुरमा मिनी बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार रामेछाप लिखु गाउँपालिका–४ घर भइ हाल भक्तपुर सूर्यविनायक–९ नलिञ्चोक बस्ने ३५ वर्षीय रामबहादुर भुजेल छन् ।

जिल्ला प्रहरी कार्यालय, भक्तपुरका अनुसार काठमाडौँबाट बनेपातर्फ जाँदै गरेको बा ५ ख ४३६७ नंको मिनी बसले विपरीत दिशाबाट आउँदै गरेको बा २४ प २७४० नंको मोटरसाइकलर्लाइ ठक्कर दिएको थियो ।मोटरसाइकल चालक सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका ३ घर भई हाल नलिञ्चोक बस्ने २९ वर्षीय अर्जुन थामीको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा घाइते भुजेलको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । घटनामा संलग्न दुवै सवारीसाधन र बस चालक दोलखा भीमेश्वर नगरपालिका–८ भीरकोट बस्ने २६ वर्षीय विनोद खत्रीलाई महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरको नियन्त्रणमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्