तामाकोसी नदी र भटौली खोलामा पक्की पुल बन्छः मन्त्री ढुंगेल



२४ असोज, रामेछाप ।
तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जिल्लाभित्र विकास निर्माणका योजनाबद्ध रुपमा अगाडि बढेको बताउनुभएको छ । उहाँले आवश्यकताको पहिचान गरेर सडक पुल स्वास्स्थ्य, शिक्षा, कृषि पर्यटन लगायतको क्षेत्रमा प्रदेश सरकारले योजना छनौट गरेर काम अगाडि बढाएको बताउनुभयो । उहाँले भन्नुभयो,‘रामेछाप जिल्लाभित्र विकास निर्माणको काम आशा लाग्दो ढंगबाट अगाडि बढेको छ, प्रदेश सरकारले पनि सक्दो बजेटको व्यवस्था गरेको छ ।’

खाँडादेवी गाउँपालिका–४ माडीमुहास्थित माडी मुहान युवा क्लवद्धारा आयोजित सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री ढुंगेलले कृषि क्षेत्रको विकासले मात्र समृद्धि सम्भव भएको बताउनुभयो । ‘व्यवसायीक कृषि विकास गर्न सरकार, निजी क्षेत्र र सहकारीबीच साझेदारी अगाडि बढनु पर्छ’, उहाँले भन्नुभयो,‘उत्पादन भएको कृषिजन्य वस्तुको बजार र सडक पुर्याउने जिम्मेवारी सरकारले लिन्छ ।’

मन्त्री ढुंगेलले तीन नम्बर प्रदेश सरकारले जिल्लाका रणनैतिक सडकलाई कालोपत्रे गर्ने योजनाको काम अगाडि बढाइसकेको उल्लेख गर्दै सबै स्थानीय तहसम्म जाने सडक कालोपत्रे हुने बताउनुभो । उहाँले भटौली खाला र माडी मुहान जोडने पक्की पुल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्थली माडीमुहान जोडने तामाकोस्थित ठेडीखोला दोभानमा यसै बर्षबाट पुल निर्माणको काम अगाडि बढने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्