मन्थली विमानस्थलबाट अहिलेसम्मकै बढी उडान



स्नेहा सिलवाल

२४ असोज, रामेछाप । मन्थली विमानस्थलबाट अलिहेसम्मकै बढी उडान भएको छ । मन्थली विमानस्थलबाट लुक्ला उडान सुरु भएयताकै सबै भन्दा बढी ६८ उडान भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चाप बढेपछि नागरिक उड्यान प्राधिकरणले पर्यटकीय गन्तव्य लुक्लाको लागि मन्थलीबाट उडान सुरु गरेको थियो ।

असोज १४ गतेबाट नियमित रुपमा भएपछि ६ सय भन्दा बढी उडान भएको छ । असोज २० गते यस अघिको रेकर्ड तोक्दै ६८ वटा उडान भएको नेपाल नागरिक उड्यान प्राधिकरण रामेछापका प्रमुख अमित चौरसियाले रामेछाप न्युजलाई बताउनुभयो । यसअघि मन्थलीबाट लुक्ला ५६ वटा उडान भएको थियो । सगरमाथा क्षेत्रमा अवलोकन गर्न लुक्ला हुँदै पर्यटकहरुको भीड लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्