सिन्धुपाल्चोकमा बस दुर्घटनाः ५ जनाको मत्यु



२४ असोज, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँ पालिकामा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान भएको बस दुर्घटनामा ५ जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले बताएको छ ।
सिपाटारबाट काठमाडौ जादै गरेको बा २ ख २७१५ नम्बरको बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको हेलिकप्टर र एम्बुलेन्स मार्फत उद्दार भइरहेको छ । घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल र स्थानीय स्वास्थ केन्द्रहरुमा पठाइएको समेत प्रहरीले बताएको छ ।

दुर्घट्नामा परेका ३५ जना घाइतेलाई उद्धार गरी अस्पताल लगिएको छ। ठूलो संख्यामा मानवीय क्षति भएको आशंका गरिएको छ। घाइतेहरुको अवस्था गम्भीर भएकाले हेलिकोप्टरबाट उद्धार गर्ने पहल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्