नागरिकमैत्री सेवा प्रवाह गर्न प्रहरीलाई प्रजिअ पाण्डेको निर्देशन



२४ असोज, रामेछाप ।
रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमारी पाण्डेले नेपाल प्रहरीलाई नागरिकमैत्री सेवा प्रवाह गर्न आग्रह गर्नुभएको छ । उहाँले प्रहरी कर्मचारीहरुलाई शान्ति सुरक्षा र अपराध नियन्त्रणमा निष्पक्ष र पारदर्शी ढंगले काम गर्न निर्देशन दिनुभएको हो ।

६४ औ प्रहरी दिवसमो अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ पाण्डेले प्रहरीले व्यवसायिक जवाफदेही भएर नागरिकमैत्री सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । जिल्लाभित्र शान्ति सुरक्षाको अवस्था मजबुद्ध बनाउन प्रहरीले खेलेको भूमिकाका प्रसंशा गर्दै आगामी दिनमा पनि नागरिकहरुको मन जित्ने काम गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्