रुटपरमिट नभएका गाडीलाई रामेछापमा ‘नो इन्ट्री’ दुई सय सवारी साधनमाथि कारवाही



२४ असोज, रामेछाप ।
रामेछाप जिल्लामा रुटपरमिट नभएका सार्वजनिक सवारीको साधन प्रवेशमा जिल्ला प्रहरी कार्यालय रामेछापले रोक लगाएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले सम्भावित दुर्घटना न्युनिकरण गर्नको लागि रुटपरमिट नभएका सवारी साधनलाई रोक लगाएको हो ।
सरकारले दशैको अवसर पारेर असोज १२ देखि १७ गते विना रुटपरमिट पनि सवारी साधन सञ्चालन गर्न सकिने नियम लागू गरेको थियो । तर विना रुटपरमिट पनि सार्वजनिक सवारी साधनले क्षमता भन्दा बढी यात्रु बोकेर हिडने क्रम बढेपछि प्रहरीले रुटपरमिट नभएका सवारी साधनलाई कारवाही प्रक्रिया अगाडि बढाएको छ ।जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराईकै नेतृत्वमा जिल्लाका विभिन्न ठाउँमा छडके अनुगमन गरेर रुटपरमिट नभएका सवारी साधनमाथि कारवाही गरिएको हो ।

दुई दिनको अवधिमा दुई सय २५ रुटपरमिट नभएका सवारी साधनमाथि कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख होम भित्रिकोटीले रामेछाप न्युजलाई जानकारी दिनुभयो । उहाँका अनुसार दुई सय २५ सवारी साधनमाथि कारवाही गरेर २ लाख २८ हजार राजश्व संकलन गरिएको छ । ‘स

म्भावित दुर्घटना हुनबाट रोक्नको लागि रुटपरमिट नभएका सवारी साधन जिल्ला प्रवेशमा रोक लगाएका छौ’, भित्रिकोटीले रामेछाप न्युजसँग भन्नुभयो,‘रुटपरमिट नभएका सवारी साधनलाई सेलेघाट नाकाबाटै फर्काएका छौं ।’
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराईले रुटपरमिट नभएका गाडी ग्रामिण क्षेत्रमा सञ्चालन हुँदा दुर्घटना हुने जोखिम रहेकाले जिल्ला प्रवेशमा रोक लगाएको रामेछाप न्युजलाई बताउनुभयो । दशैको बेला रुटपरमिट विना प्रवेश गरेका सवारी साधनले क्षमता भन्दा बढी यात्रु बोकेर हिडने क्रम बढेपछि रोक लगाइएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्