रामेछापको गौरवः लोक स्टारकाे टप ४ मा रामकुमार नेपाली



२४ रामेछाप, काठमाडौं ।
नेपाल लोक स्टारमा रामेछापका रामकुमार नेपालीले उत्कृष्ट लोक गीत प्रस्तुत गर्दै चार जना प्रतिस्पर्धीभित्र पर्न सफल हुनुभएकाे छ । आईएमई नेपाल लोक स्टार रियालिटी शोमा नेपालीले दमदार प्रस्तुती दिएर पाँचौ पटक पर्फर अफ द डे बन्न सफल भएका नेपाली विजेता नजिक  पुग्नुभएकाे हाे । रामेछापको गौरव बढाउन सफल भएका उनी तीन नम्बर प्रदेशबाट एक्लो एक जना मात्र प्रतियोगी हुन् । लोक स्टारको २१ औं श्रृङ्खलामा सबै जर्जहरुलाई मञ्चमा आएर नै नचाउन सफल भएका नेपालीले लाखौ नेपालीहरुको मन जित्न सफल भएका हुनुभएकाे छ ।

नेपालीले अहिले ६ प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्दै पहिलो बनेर लोक स्टारको पहिलो उपाधी आफ्नो पोल्टोमा पार्ने अपेक्षा रामेछापवासीले गरेका छन् ।
आईएमई नेपाल लोक स्टार’को प्रथम पुरस्कार पचास लाख, द्वितीय पुरस्कार पच्चीस लाख र तृतीय पुरस्कार दश लाख रहेको छ । लोक स्टारको प्रतिस्र्धामा गीत गाइरहेका रामकुमार नेपालीले सबैलाई भोट गर्न आग्रह गरेका छन् । नेपालीले अन्तिम पल्ट भोट गर्न अपिल गर्दे सबैको आर्दिवादकै कारण कारण टम चारभित्र पर्न सफल भएको रामेछाप न्युजलाई बताउनुभयो ।

उहाँले यस स्थानसम्म आइपुग्दा आफूलाई निकै खुसी लागेको बताउदै देश विदेशमा रहनुभएका सबै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई एक पटक भोट गर्न आग्रह गर्नुभएको छ । देश बिदेशबाट दर्शक स्रोतहरुले देखएको माया, साथ र सपोटप्रति हृदयबाट धन्यवाद दिन चाहन्छु, उहाँले भन्नुभयो । नेपालीलाई अन्तिम प्रतिस्पर्धाको लागि भोट गर्न समय भोली शनिवार १२ बजेदेखि कार्तिक ८ गते सम्म रहेको जानकारी गराउदै नेपालीले देश र विदेशमा रहनुभएका दाजुभाई तथा दिदी बहिनीहरुलाई भोट गर्न विशेष आग्रह गर्नुभएको छ ।

यस्ताे छ भाेटकाे लागि नेपालीकाे अपिल 

नेपालबाट गर्ने तरिका क्यापिटल L<स्पेश>23 टाईप 37000 मा सेन्ड गरिदिनु होला। मलाइ भोट गर्न कतारमा रहनु भयका नेपालीहरुले Ooredoo ल्<स्पेस>२३ टाइप गरि 92300 मा सेन्ड गर्नु होला तेस्तै इन्डियामा रहनु हुनेले भोडाफोन,आइडिया र BSNL प्रयोगकर्ताहरुले ल्<स्पेस>२३ टाइप गरि53010 मा सेन्ड गर्नु होला ।तेस्तै नेपालको ल्यानलाइनबाट भोट गर्न 166677 डाइल गरि मेरो भोटिङ कोड २३ डायल गरेर गर्न सकिन्छ । अन्य ठाउमा रहनु भयकाले IME PAY मार्फत गर्न सकिन्छ

प्रतिक्रिया दिनुहोस्