सुनापतिमा गाउँपालिकास्तरीय भलिबल प्रतियोगीताको बाजी दिमीपोखरीले जित्यो



जिबी लामा
२५ असोज, रामेछाप । विजया दशमीको अवसरमा सुनापति युवा खेलकुद बिकास समितिको आयोजनामा वडास्तरीय भलिबल प्रतियोगिता वडा नम्बर २ दिमीपोखरी जितेको छ । गाउँपालिकाको ५ टिमहरुको सहभागीता रहेको प्रतियोगितामा दिमीपोखरी प्रथम हुन सफल भएको हो । आयोजक टिम ए द्वितीय र बराल धोङ सेवा समाज हिलेदेवी तृतीय भएका छ । माउन्ट एभरेस्ट योङ स्टारले सान्त्वना पुरस्कार जित्न सफल भएको छ ।

प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना पुरस्कार विजेताहरुले क्रमशः रु ३० हजार, २० हजार, १० हजार र सात हजार नगद पुरस्कार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा उत्कृष्ट टिम सुनापति युवा तथा खेलकुद बिकास समिति ’बी’, उत्कृष्ट लिफ्टर दिमीपोखरी टिमका रिम थापा मगर, उत्कृष्ट सर्भर आयोजक टिम ए का शिखर लामा, उत्कृष्ट ब्लकर दिमिपोखरी टिमका ललित थापा मगर, उत्कृष्ट स्पाईकर आयोजक टिम ए का प्रज्वल लामा तथा उत्कृष्ट खेलाडी दिमिपोखरी टिमका टक बहादुर मगर घोषित भएका थिए ।विजयी प्रतियोगीहरुलाई सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले पुरस्कार प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्