सुनापती गाउँपालिकाभित्र सुविधा सम्पन्न कभर्ड हल निर्माण गछौंः अध्यक्ष लामा



२४ असोज, रामेछाप ।
सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले खेलकुद क्षेत्रको विकास गर्नको लागि गाउँपालिकाभित्र कभर्ड हल निर्माण गर्ने घोषणा गर्नुभएको छ । उहाँले साना चौरी र बारीको पाटामा खेल खेलाउने बाँध्यता हटाउनको लागि सुविधा सम्पन्न आधुनिक कभर्ड हल निर्माण गर्ने बताउनुभएको हो ।

सुनापती गाउँपालिका वडास्तरीय भलिबल प्रतियोगीको समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लामाले अनुशासनको लागि मात्र नभएर गाउँ समाज र सिंगो राष्ट्रलाई चिनाउन खेलकुदको ठूलो भूमिका रहेको बताउनुभयो । गाउँपालिका भित्र रङ्गशाला निर्माणको लागि डिपिआर गर्न पाँच लाख बजेट समेत बिनियोजन गरिएको बताउदै आगामी बर्षबाट काम अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सुनापती युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष रोज घिसिङको सभापतित्वमा सम्पन्न सो समारोहमा सुनापती गाउँपालिका–४ बेथानका वडा अध्यक्ष खड्क घिसिङ, रामेछाप सहिद परिवारका संयोजक दिप लामा, नेकपाका स्थानीय नेता बिकास लामा तथा सुनापति गाउँपालिका सहकारी विभागका सल्लाहकार मानध्वज लामा लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्