सी चढेको जहाज भित्रुवन विमानस्थलमा अवतरण



२५ असोज, काठमाडौं ।
चीनका राष्ट्रपति सी चिनफिङ दुई दिने राजकीय भ्रमणका लागि शनिबार दिउँसो काठमाडौं आइपुगेका छन्।  भारतको चेन्नईबाट उडेको सी चढेको एयर चाइनाको विषेश जहाज केहीबेरअघि त्रिभुवन विमानस्थलमा अवतरण भएको हो। पछिल्लो २३ वर्षमा नेपालको राजकीय भ्रमण गर्ने सी पहिलो चिनियाँ राष्ट्रपति हुन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आइपुगेका छन् । भारतको चेन्नईबाट उनी भर्खरै काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । उनी एयर चाइनाको विशेष विमानबाट काठमाडौं आएका हुन् । सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्