यस्ता छन चिनियाँ राष्ट्रपति सीको सात प्रतिबद्धता



२६ असोज, काठमाडौं ।

चीनका राष्ट्रपति सी जिनपिङले नेपालको भूपरिवेस्टित मुलुकबाट भूजडित मुलुक बन्ने सपना साकार तुल्याउन चीनले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । नेपालको दुई दिने राजकीय भ्रमणमा शानिबार आएका सीले उनको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आयोजित राजकीय भोजको क्रममा यस्ता प्रतिबद्धता गर्नुभएको हो ।

यी हुन सात प्रतिबद्धताहरुः

१. नेपालले अपेक्षा गरेका बहुप्रतीक्षित हिमालय सीमापार रेलमार्गसहितका योजनामा हरसम्भव साथ–सहयोग रहनेछ ।

२. बढी नाकाहरु खोलेर बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्नेछौं ।

३. केरुङ–काठमाडौँ सुरुङमार्गको परियोजनालाई अघि बढाउन हामी सक्रिय हुनेछौं ।

४. अरनिको राजमार्ग सञ्चालन सुनिश्चित बनाई विभिन्न चरणमा स्तरोन्नतिका लागि सहयोग गर्नेछौं ।

५. हाम्रो साझा हिमालय क्षेत्र रक्षा गर्न सदा तत्पर रहनेछौं ।

६. हामीले बनाएका योजना पूरा गरेरै छाडौं, चीनमा पनि यस्तै गरेका छौं ।

७. चीन र नेपालको सम्बन्धमा समस्या छैन, मित्रता मात्रै छ ।

प्रतिक्रिया दिनुहोस्