नेपालको विकासमा ५६ अर्ब सहयोग गर्ने चिनियाँ राष्ट्रपतिको घोषणा



२६ असोज, काठमाडौं ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको विकासमा सहयोग गर्ने घोषणा गर्नुभएको छ । नेपाली समकक्षी विद्यादेवी भण्डारीसँगको भेटवार्तामा उहाले तीन वर्षभित्र ५६ अर्ब सहयोग रकम उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।

राष्ट्रपति भवन शितल निवासमा भएको भेटलाई सम्वोधन गर्दै राष्ट्रपति सीले विमानस्थलमा आफुलाई गरिएको स्वागतको खुलेर प्रशंसा गर्नुभयो । आफु र चीनलाई विमानस्थलमा गरिएको स्वागतको खुलेर प्रसंशा गर्दै सास्कृतिक कार्यक्रमबाट आफु प्रभावित भएको बताउनुभयो ।

आफुलाई गरिएको स्वागतबाट चिनियाँ जनताप्रति नेपाली जनताले देखाएको लगावको अनुमान गर्न सकिन्छ, उहाले भन्नुभयो । नेपालले समृद्ध नेपाल सुखी नेपालीको नारालाई वर्तमान नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको सरकारले पुरा गर्ने विश्वास लिएको बताउदै नेपालको सो पहलमा सहयोग गर्न चीन तयार रहेको विश्वास व्यक्त गर्नुभयो ।

मन्त्रीहरुसमेत सहभागी रहेको द्विपक्षीय छलफलमा उहाँले सन् २०२० देखी २०२२ सम्मको अवधिमा नेपाललाई करिव ५६ अर्ब बराबरको आर्थिक सहयोग गर्ने पनि घोषणा गर्नुभयो । नेपालले एक चीन नीति प्रति देखाएको अडान प्रसंशा योग्य रहेको राष्ट्रपति सीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्