नेपाल–चीनबीच विभिन्न सम्झौतामा हस्ताक्षर हुँदै



२६ असाेज, काठमाडौं ।
नेपाल सरकारले निनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणको नेपाल–चीनबीच दर्जनभन्दा बढी सम्झौता र सहमति तयार गरेको छ । सरकारले प्राथमिकता निर्धारण गरेर भ्रमणको क्रममा गरिने सम्झौता तथा सहमतिको खाका तयार गरेको हो ।
चीनले केरुङ–काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) उच्च प्राथमिकतामा पर्नेछ । यो विषयमा राष्ट्रपतिले आफ्ना समकक्षी विद्यादेवी भण्डारीसँगको वार्तामा प्रतिबद्धता समेत व्यक्त गरिसक्नुभएको छ ।

काठमाडौँको टोखाबाट नुवाकोटको छहरेसम्म सुरुङमार्ग खोल्ने नेपालको प्रस्तावमा आज सहमति हुने सम्भावना छ । यो सुरुङमार्गले नेपाल र चीनबीचको रसुवाको केरुङमार्ग हुँदै हुने व्यापारलाई सहजीकरण गर्ने विश्वास लिइएको छ । करिब २० किलामिटरको यो सुरङ मार्गलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विशेष प्राथमिकतामा राखेर अगाडि बढाएको हो । सम्झौताका लागि अन्तिम रुप पाएका एजेण्डाहरु स्पष्ट रुपमा बाहिर नआएपनि केही जलविद्युत् आयोजनामा पनि सम्झौता गर्ने तयारी गरिएको छ ।

चीनसँग जोडिने कोशी, कर्णाली र गण्डकी सडक करीडोरको स्तरोन्नति तथा निर्माणमा चिनियाँ पक्षसँग सम्झौता गर्ने सरकारले तयारी गरेको छ । हुम्लाको यारी, मुस्ताङको कोरला, संखुवासभाको किामाथांका र ताप्लेजुङको ओलाङचुङगोला सीमानामा पूर्वाधार विकास र त्यससँग सम्बन्धित लिंक रोड निर्माणमा पनि नेपाल सरकारले प्रस्ताव गर्ने र त्यसमा सहमति जुट्ने विश्वास व्यक्त गरिएको छ ।
छिमेकी देश चीनबाट २३ वर्षपछि भएको उच्चस्तरको भ्रमणलाई नेपालले राजनीतिक, आर्थिक तहबाट फलदायी बनाउ सरकारले पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र चीनका जानकार विज्ञहरुसँग सुझाव समेत लिएको थियो । चिनियाँ राष्ट्रपति सीको भ्रमणलाई नेपालले निकै प्राथमिकतामा दिदै सोही अनुसारको सम्झौता र सहमतिको खाका तयार गरेको हो ।
नेपालको निमन्त्रणलाई स्वीकार गर्दै दुईदिने भ्रमणमा आउनुभएका चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणका क्रममा नेपाल र चीनबीच दर्जनभन्दा बढी सम्झौता र सहमति गर्ने गृहकार्य सरकारले गरेको बताइएको छ ।
सडक, प्रसारण लाइन, रेलमार्ग, क्रसबोर्डर रेल, आर्थिक जोन, सुरुङ मार्ग, नाका स्तरोन्नती, सडक मार्गको विकासलगायतका विषय सम्झौता तथा सहमतिमा समेटिएको परराष्ट्र मन्त्रालयले बताएको छ । पूर्वपश्चिम रेलमार्गमा चिनियाँ सहयोग हुने अपेक्षा सरकारले लिएको छ ।
केरुङ–काठमाडौं रेलका विषयमा विस्तृत परियोजना अध्ययन प्रतिवेदन तयार गर्ने विषयलाई पनि सरकारले सम्झौताको प्राथमिकतामा राखेको छ । टोखा–छहरे सुरुङमार्गसहित सडक खण्ड निर्माणको प्रस्ताव गर्ने तयारी गरेको सरकारले भ्रमणमा चीनले सरप्राइज घोषणा गर्न सक्ने अपेक्षा गरिएको छ ।
राजमार्ग निर्माण तथा स्तरोन्नति, बन्दरगाह, विमानस्थल, विद्युत् केन्द्रलगायत भौतिक पूर्वाधारको निर्माणमा चीनसँग सहकार्य गर्दै आएको र यसमा सहयोग जारी राख्ने पनि सीले सन्देश दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्