नेपाल र चीन बीच हस्ताक्षर भएका २० समझदारीहरु (सूचीसहित)



२६ असाेज, काठमाडाैं ।

नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सि जिनपिङ र नेपाल सरकारबीच २० बुँदामा सहमति भएको छ । आइतबार नेपाल सरकार र चिनियाँ सरकारबीच विभिन्न २० बुँदामा सहमति भएको हो । सहमतिका बुँदामा सिमा व्यवस्थापन प्रणाली देखि प्रशासन सुधार, आपराधिक गतिविधि रोकथामका लागि कानुनी सहकार्य गर्ने लगायतका विषय समावेश छन् ।
त्यसैगरी राष्ट्रिय योजना आयोगको क्षमता अभिवृद्धिमा लगानीर सहकार्य, छेन्दुमा नेपाली महावाणिज्य दूतावास स्थापना गर्ने, रेलवे निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने लगायतका सहमति भएको छ । त्यसगरी काठमाडौं तथा वुटवलको चीनका शहरहरु नाम्जिङ र सियानसँग भगिनी सम्बन्ध कायम गर्ने लगायतका सहमति भएका छन् ।

सहमतिको बाँकी बुँदा यहाँ प्रस्तुत गरिएको छ ।

नेपाल र चीनबीच भएका १८ समझदारी र दुई लेटर अफ एक्सचेन्ज

१, नेपाल सरकार र जनवादी गणतन्त्र चीनबीच सीमा व्यवस्थापन प्रणालीबारे सम्झौता भएको छ।

२, नेपाल सरकार र जनवादी गणतन्त्र चीनबीच प्रशासनिक क्षमता वृद्धिका लागि सहकार्य आदानप्रदान गर्ने समझदारी (एमओयू) भएको छ।

३, नेपाल र चीनबीच आपराधिक मामिलामा दुईपक्षीय कानुनी सहायताको सन्धि भएको छ।

४, नेपाल र चीनबीच सगरमाथा÷झुमालांग्माको संरक्षणमा सहकार्य गर्ने समझदारी भएको छ।

५, लगानीका मुख्य परियोजनालाई प्रवद्र्धन गर्ने र नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा पुनर्संरचना आयोगबीच उत्पादक क्षमता वृद्धिमा सहकार्य गर्ने समझदारी भएको छ।

६, चीनको छेन्दुमा नेपालको कन्सुलेट जनरल (वाणिज्य दूतावास) स्थापना गर्नेसम्बन्धी सम्झौतापत्र आदानप्रदान भएको छ।

७, नेपाल–चीन अन्तर्सीमा रेलवे परियोजनाको सम्भाव्यता अध्ययनका लागि नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच समझदारी भएको छ।

८, काठमाडौं महानगरपालिका र चीनको नाञ्जिङ सहर बीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता भएको छ।

९, बुटवल उपमहानगरपालिका र चीनको जियान सहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता भएको छ।

१०, परम्परागत औषधिमा सहकार्य गर्न नेपालको स्वास्थ्य र जनसंख्या मन्त्रालय तथा चीनको नेशनल एडमिनिस्ट्रेसन अफ ट्रेडिसनल चाइनिज मेडिसिनबीच समझदारी भएको छ।

११, नेपालको गृह मन्त्रालय र चीनको आकस्मिक व्यवस्थापन मन्त्रालयबीच विपद् जोखिम न्यूनीकरण तथा आकस्मिक सेवामा सहकार्य गर्ने समझदारी भएको छ।

१२, चीनको सुप्रिम पिपुल्स प्रोसिक्युटर कार्यालय र नेपालको महान्यायाधिवक्ताको कार्यालयबीच सहकार्य गर्ने समझदारी भएको छ।

१३, नेपालको त्रिभुवन विश्वविद्यालय र चीनको कन्फ्युसियस इन्स्टिच्युट हेडक्वार्टर्सबीच त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस इन्स्टिच्युट स्थापना गर्ने सम्झौता भएको छ।

List of Instruments Singed and Exchanged between Nepal and China

  1. Agreement between the Governments of Nepal and the People’s Republic of China on the Boundary Management System
  2. MoU between the Governments of Nepal and the People’s Republic of China on the Exchanges and Cooperation on Governance Capacity Building
  3. Treaty between Nepal and the People’s Republic of China on Mutual Legal Assistance in Criminal Matters
  4. MoU on Mount Sagarmatha/Zhumulangma Protection Cooperation between Nepal and China
  5. MoU on Promoting Key Projects of Investment and Cooperation on Productive Capacity between the National Planning Commission of Nepal and the National Development and Reform Commission of the People’s Republic of China.
  6. Exchange of Note for Setting up a Consulate General of Nepal in Chengdu
  7. MoU between the Ministry of Physical Infrastructure and Transport of Nepal and the Ministry of Transport of the People’s Republic of China on Feasibility Study of China-Nepal Cross-Border Railway Project.
  8. Agreement between Kathmandu Metropolitan City of Nepal and Nanjing City of the People’s Republic of China on the Establishment of Sister-City Relationship.
  9. Agreement between Butwal Sub-Metropolitan City of Nepal and Xi’an City of the People’s Republic of China on the Establishment of Sister-City Relationship.
  10. MoU on Cooperation on Traditional Medicine between the Ministry of Health and Population of the Government of Nepal and the National Administration of Traditional Chinese Medicine of the People’s Republic of China.
  11. MoU between the Ministry of Home Affairs of Nepal and the Ministry of Emergency Management of the People’s Republic of China Regarding Cooperation in Disaster Risk Reduction and Emergency Response.
  12. MoU on Cooperation between the Supreme People’s Procurator of the People’s Republic of China and Office of the Attorney General of Nepal
  13. Agreement between Tribhuvan University of Nepal and Confucius Institute Headquarters of China on the Establishment of Confucius Institute at Tribhuvan University.
  14. Protocol of Phytosanitary Requirements for the Export of Citrus Fruits from Nepal to China between Department of Agriculture of the Government of Nepal and General Administration of Customs of the People’s Republic of China.
  15. MoU between the Ministry of Industry, Commerce and Supplies of the Government of Nepal and the Ministry of Commerce of the People’s Republic of China on the Establishment of Joint Working Group on Trade
  16. Delivery and Acceptance Certificate for the China-Aid Earthquake Monitoring Network Project in Nepal
  17. MoU on Establishment of Investment Cooperation Working Group between the Ministry of Finance of Nepal and the Ministry of Commerce of the People’s Republic of China
  18. MoU between the Ministry of Finance of Nepal and China International Development Cooperation Agency on Tunnels Construction Cooperation
  19. Exchange of Letter for Border Security Equipment and Office Equipment
  20. Minutes of Meeting for Feasibility Investigation of China-Aid Municipal Water Supply Improvement Project in Kathmandu Valley of Nepal

प्रतिक्रिया दिनुहोस्