गुडिरहेको बसको छतबाट खसेर रामेछापमा एक युवकको निधन, भागेका चाकलद्धारा आत्मसमर्पण



२६ असोज, रामेछाप ।
दशै मनाएर काठमाडौं फर्किदै गर्दा गुडिरहेको गाडीको छतबाट खसेर रामेछापमा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । बा ४ ख ४४२८ नम्बरको बसको छतबाट खसेर रामेछाप नगरपालीका–५ रामपुर खानिडाँडाका २५ बर्षिय पृथ्वी श्रेष्ठको घटना स्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराइले रामपुरबाट काठमाडौंको लागि छुटेको बस मन्थली नगरपालिका–६ बेतिनिमा आइ पुग्दा श्रेष्ठको छताबाट खसेर मृत्यु भएको बताउनुभयो । उहाँका अनुसार गाडी चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

श्रेष्ठको निधन भएपछि सिन्धुपाल्चोक सुनकोसी गाउँपालिकाका चालक सञ्जिब लामा भागेका थिए । चालक लामाले यात्रुले मार्नु पर्छ भन्ने हातपात गर्न खोजेपछि भाग्दै सेलेघाट प्रहरी चौकीमा पुगेर आत्मसमर्पण गरेका थिए । साँघुरो सडकमा ब्रेक लगाउदा श्रेष्ठ गाडीबाट खसेका थिए ।
उनी खसेसँगै साँघुरो सडकमा पछाडिपट्टीको गाडीको चक्काले मृतक श्रेष्ठको टाउको किचेको प्रहरीले बताएको छ । गाडीको भित्र क्षमता भन्दा बढी यात्रु भएको कारण केही यात्रुहरु छतमा बसेका थिए । जिल्ला प्रहरी कार्यालय रामेछापले छतमा यात्रु नबोक्न सवारी साधनहरुलाई सचेत गराउदा गराउदै पनि रामेछापमा बसेको छतबाट खसेर एक जनाको निधन भएको छ ।

प्रतिक्रिया दिनुहोस्