रामेछापको मन्थलीमा कांग्रेसको चियापान



२६ असोज, रामेछाप ।
नेपाली कांग्रेस रामेछापले आयोजना गरको चियापान कार्यक्रम सम्पन्न भएको छ । हरेक वर्ष कोजाग्रत पुर्णिमाको दिन आयोजना गर्ने चियापान कार्यक्रमलाई कांग्रेसले यस बर्ष पनि निरन्तरता दिएको छ । चियापान कार्यक्रममा कांग्रेस रामेछापका सभापति लवश्री न्यौपाने, सचिव लेखबहादुर कार्की लगायतका नेताहरुले चियापानमा आएका सहभागीहरुलाई स्वागत गर्नुभएको थियो ।

सचिव कार्कीले आपसी मेलमिलाप, शान्ति र भाइचाराको लागि विश्वेश्वर प्रसाद काईरालले थालेको चियापान कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता दिएको बताउनुभयो । चियापान कार्यक्रममा रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमारी पाण्डे, जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराई, मन्थली नगरपालिका प्रमुख रमेशकुमार वस्नेत, खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ लगायत विभिन्न राजनीतिक दलका नेताहरुको सहभागीता रहेको थियो । चियापानमा सहभागीहरूलाइ चिया विस्कुट  खुवाइएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्