राकाथुममा भलिबल प्रतियोगीताःसप्तरङ्गी समाज सेवाले जित्यो बाजी



२७ असोज, रामेछाप ।
रामेछापको खाँडादेवी गाउँपालिका– १ राकाथुममा आयोजित प्रथम वडाअध्यक्ष भलिवल प्रतियोगिता सम्पन्न भएको छ । दशैको अवसरमा आयोजित पहिलो वडा अध्यक्ष कप भलिवल प्रतियोगीता सम्पन्न भएको हो । तीन दिनसम्म सञ्चालन भएको भलिवल प्रतियोगीतामा गोकुलगंगा गाउँपालिकाका–४ बेताली वडाको सप्तरङ्गी समाज सेवा प्रथम भएको छ । ५१ हजार रुपैयाँ राशीको उपाधी समाजले हात पारेको छ ।
राकाथुमस्थित समाज कल्याण मगर सेवा समितिको खेलकुद मैदान खानीगाउँमा भएको प्रतियोगीता खाँडादेवी युवा क्लब खाँडादेवी–७ थान्सिङले दोस्रो हुँदै ३१ हजार नगद हात पारेको छ भने युवा तथा खेलकुद विकास समिति सुनापती– २ दिमीपोखरी तृतिय हुँदै २१ हजार नगद प्राप्त गरेका छ । ११ हजार नगद सहित दोरम्बा गाउँ पर्यटन विकास समिति दोरम्बा गाउँपालिका–२ दोरम्बले ले सान्तोना स्थान हात पार्न सफल भयो । विजयी टिम र खेलाडीलाई सिल्ड मेडल र प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।


कार्यक्रममा विजयी टिमलाई नेकपाका जिल्ला अध्यक्ष मैन कुमार मोक्तान, खाँडादेवी गाउँपालिकाका उपाध्यक्ष मखमली श्रेष्ठ, खाँडादेवी गाउँपालिका–१ राकाथुमका वडा अध्यक्ष विष्णु कुमार श्रेष्ठले शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए । वडा अध्यक्ष श्रेष्ठले आगामी दिनमा पनि खेलकुदका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । भलिबल प्रतियोगीतको उदघाटन खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले गरेका थिए ।

खाँडादेवी गाउँपालिका–१ राकाथुम वडा कार्यालय प्रायोजक रहेको खेलको आयोजक राकाथुम युवा तथा खेलकुद विकास समिति राकाथुम र स–आयोजक श्री समाज कल्याण मगर सेवा समिति राकाथुम रहेको थियाे ।

प्रतिक्रिया दिनुहोस्