रामेछापमा बढी भाडा लिने सवारी साधनमाथि प्रहरीको ‘एक्सन’



२८ असोज, रामेछाप ।
यात्रुसँग बढी भाडा लिने सवारी साधनमाथि प्रहरीले कारवाही गरेको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय रामेछापले छडके अनुगमन गरेर बढी भाडा लिने सवारी साधनमाथि कारवाही गरेको हो । यात्रुहरुले सवारी साधनले बढी भाडा लिएको सूचनाको आधारमा सात वटा सवारी साधनमाथि कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख होम भित्रिकोटीले रामेछाप न्युजलाई बताउनुभयो ।

उहाँका अनुसार रामेछाप हुँदै सञ्चालन हुने सवारी साधनमाथि तोकिएको भन्दा बढी भाडा नलिउन भनेर नियमित रुपमा अनुगमन र चेकजाँच गरिएको छ । प्रमुख भित्रिकोटीले बढी भाडा लिएको सूचना दिन पनि यात्रुहरुलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,‘बढी भाडा लिएको सूचना यात्रुले दिएको अवस्थामा ठाउँको ठाउँ कारवाही गछौं ।’

प्रतिक्रिया दिनुहोस्
LTroBbQWgJ1pt, DXz3hH, GgD3YwaOrVDa, de9adkYQN, vArPDwVhg9j, ORF4iUdUGSxqZ2b, r3bSY4AuJBx0mgGt, a68sT3jufet, 0ehxQZR8Pto, tr5N