रामेछापमा घटयो डर लाग्दो घटनाः बुहारीले गरिन सुसुराको हत्या



२८ असोज, रामेछाप ।
रामेछापमा बुहारीले सुसुराको हत्या गरेकी छिन् । घरायसी विवाद बढदै जादा मन्थली नगरपालिका–१२ जिङगलमका ६५ बर्षिय ससुरा डिक बहादुर आछामीलाई आफ्नै बुहारी पार्वती आछामी सार्कीले हत्या गरेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराईले हिजो घरमा नै मृत अवस्थामा भेटिएको खबर प्राप्त हुन साथ प्रहरी निरीक्षक समेतको टोली परिचालन गरेर हत्यामा संलग्न बुहारीलाई पक्राउ गरिएको रामेछाप न्युजलाई बताउनुभयो । घटनाको अनुसन्धान गर्ने क्रममा बुहारी पार्वतीले आफूले मारेको स्वीकार गरेको उहाँले जानकारी दिनुभयो । हत्यामा संलग्न आछामीलाई कर्तव्य ज्यान कसुर मुद्दामा थप अनुसन्धान गर्नको लागि जिल्ला अदालत रामेछापबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रमुख भट्टराईले बताउनुभयो ।

मृतक आछामीका तीनै भाई छोरा वैदेशिक रोजगारीमा रहेका छन् । सुसुराको हत्या गर्ने बुहारी पार्वती २१ बर्षकी रहेकी छिन् । कानुन अनुसार हत्यामा संलग्न आछामीलाई वीस बर्ष भन्दा बढी जेल सजाय हुनेछ । पार्वतीले ससुराको हत्या गरेपछि टोलछिमेकमा हल्ला गरेका थिइन । लगत्तै प्रहरीले अनुसन्धानको लागि उनलाई पक्राउ गरेको थियो । यस अघि पनि सासुको हत्या गरेको घटनामा प्रहरीले बुहारीलाई पक्राउ गर्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्