रामेछापलाई विश्वभर चिनाउन गोल्ड मेडल जितेर ल्याउछौः प्रशिक्षक माझी



२९ असोज, रामेछाप ।
बेलारुसमा हुने युरो ओपन कपको लागि रामेछापबाट पाँच खेलाडी छनौट हुनुमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रशिक्षक हुन रामेछापका शुक्र माझी । विगत २४ बर्षअघि कराते खेलमा प्रवेश गरेका माझी पछिल्लो समयमा रामेछापमा कराते प्रशिक्षकको भूमिकामा काम गर्दै आएका छन् ।
नेपालबाट सहभागी हुने खेलाडी मध्ये रामेछापबाट खेलमा भाग लिने खेलाडीले पदक जित्ने विश्वास व्यक्त गर्दै युरो कपमा रेफ्रीमा छनौट हुनुभएका प्रशिक्षक माझीले भन्नुभयो,‘मलाई विश्वास छ, पदक जितेर विश्वभर रामेछापलाई चिनाएर फकिन्छौं ।’ खेलमा ६० देशका खेलाडीहरुबीच प्रतिस्पर्धा हुनेछ । प्रशिक्षक माझीले अन्य देशका खेलाडीहरुलाई पराजित गरेर गोल्ड मेडल जितेर ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
रामेछापबाट छनौट भएका खेलाडीहरुले यस अघि पनि काठमाडौंमा भइएको विभिन्न खेलमा सहभागी भएर उत्कृष्ट प्रर्दशन गरेको उल्लेख गर्दै प्रशिक्षक माझीले खेलाडीहरुको मनोबल उच्च रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्