रामेछापको लुभुघाटमा ५३६ मेगावाटको सुनकोसी तेस्रो जलाशाय जलविद्युत आयोजना बन्ने, यी हुन डुबानमा पर्ने क्षेत्रहरु (सूचिसहित)



२ कार्तिक, रामेछाप । रामेछाप र काभ्रेको सीमाना लभुघाटमा ५३६ मेगावाटको सुनकोसी तेस्रो जलाशययुक्त जलविद्युत आयोजना बन्ने भएको छ । विद्युत विकास विभागले सुनकोसी तेस्रो जलविद्युत आयोजनको लागि वातावरणीय प्रभाव मुल्याकनका लागि क्षेत्र निर्माण सम्बन्धि सूचना प्रकाशित गरेको छ ।

सिन्धुपाल्चोक, काभ्रे, रामेछाप र सिन्धुली जिल्लाको सीमाना भएर बग्ने सुनकोसी नदीमा रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमको लुभुघाट र काभ्रेको तिमाल गाउँपालिका–९ को सीमाना लुभुघाटमा करिब ४४८ मिटर लामो र १६६ मिटर उचाईको बाँध निर्माण गरी ५७० घनमिटर प्रति सेकेन्ट पानीलाई १.१ किलोमिटर लामो र ९ मिटर व्यास भएको सुरुडबाट काभ्रको तिमाल गाउँपालिका ९ लभुघाट नजिकै निर्माण गरिने विद्युत गृहबाट ५३६ मेगावाट विद्युत उत्पादन पश्चात सो पानीलाई टेलरेस प्रविधि द्धारा पुनः सुनकोसी नदीमा खसालिनेछ । प्रस्तावित जलविद्युत आयोजना जलाशय किसिमको हुनेछ ।


वातावरण संरक्षण ऐन २०५३ तथा वातावरण संरक्षण नियमावली २०५४ को नियम ४ (१) अनुसूचि २ बमोजिम आयोजना कार्यान्वयन गर्नु अघि वातावरणीय प्रभाव मुल्याकन (इआए) प्रतिवेदन तयार गरी वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत गराउनु पर्ने भएको छ । उक्त प्रतिवेदन तयारीको क्रममा क्षेत्र निर्धारण गर्नुपर्ने भएकाले वातावरणीय प्रभाव मुल्यांकन गर्दा हेर्नुपर्ने भौतिक, जैविक तथा सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रसँग सम्ब्न्धित सबालहरुका बारेमा प्रस्ताव कार्यान्वयन हुने क्षेत्रका सरोकारवाला व्यक्ति वा संस्थाको लिखित राय सुझाव लिनुपर्ने भएकाले सूचना प्रकाशित गरेको विद्युत विकास विभागले बताएको छ ।

विभागका अनुसार प्रस्ताव कार्यान्वयबाट प्रभाव पर्नसक्ने नगरपालिका, गाउँपालिका तथा त्यस क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्यचौकी तथा सरोकारवाल व्यक्ति वा संघसंस्थाहरुले सूचना प्रकाशित भएको १५ दिनभित्र आफ्नो सुझाव पठाउनु पर्नेछ । सुनकोसी तेस्रो जलविद्युत आयोजनको परामर्शदाता कम्पनी इआरएमसीका प्रबन्ध निर्देशक उद्धवराज चौलागाईले प्रभावित क्षेत्रका बासिन्दाहरुले समयभित्र नै सुझाव दिन आग्रह गर्नुभयो ।
यसअघि विद्युत विकास विभागले काभ्रे र रामेछापको सीमाना दोभनटारमा डयाम निर्माण गर्ने गरी अध्ययन गरेको थियो । तर भौगोलिक अवस्थाको कारण निर्माणमा कठिनाई हुने भन्दै परामर्शदाता कम्पनीले लुभुघाट उपयुक्त हुने भन्दै छनौट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्