नेकपा रामेछापद्धारा चियापान आयोजना १ हजारलाई तिम्तो



५ कार्तिक, रामेछाप ।
नेकपा रामेछापले तिहारको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ । विगतको बर्षझै यस बर्ष पनि नेकपाले चियापान कार्यक्रमलाई निरन्तरता दिन लागेको हो । नेकपाले सदरमुकाम मन्थलीमा भोलीको लागि आयोजना गरेको चियापान कार्यक्रममा एक हजार जनालाई निम्तो पठाएको छ ।

नेकपा रामेछापका सचिव शान्ति पौडेलले चियापानमा राजनीतिक दलका नेता, राष्ट्र सेवक कर्मचारी, सुरक्षा निकाय, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई निमन्त्रणा गरिएको रामेछाप न्युजलाई जानकारी दिनुभयो । चियापान कार्यक्रमको लागि नेकपाले रामेछापका आठ वटै स्थानीय तहका जनप्रतिनिधिहरुलाई पनि निमन्त्रणा दिएको छ ।

चियापान कार्यक्रममा नेकपा रामेछापका जिल्ला इन्चार्ज देवशकंर पौडेल, सह–इन्चार्ज एवं तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, जिल्ला अध्यक्ष मैन कुमार मोक्तान, जिल्ला सचिव शान्ति पौडेल लगायतले चियापानमा आउने पाहुनालाई स्वागत गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्