तिहारमा ढुक्क भएर झिलिमिली बिजुली बाल्नुहाेस माग अनुसार विद्युत दिन सक्षम छौं कुलमान घिसिङ



५ कार्तिक, काडमाडौं ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा ढुक्क भएर बिजुली बाल्न नागरिकहरुलाई आग्रह गर्नुभएको छ । उहाँले सबै भन्दा बढी बिजुलीको माग हुने लक्ष्मी पूजाको दिन आवश्यकता अनुसारको बिजुली उपलब्ध हुने बताउनुभएको हो । वर्षभरीमा सबैभन्दा बढी विद्युत माग लक्ष्मी पूजाको दिने हुने गरेको छ । अत्यधिक बढ्ने मागलाई धान्न विद्युत प्राधिकरणका सक्षम रहेको बताउदै घिसिङले माग अनुसारको विद्युत दिन प्राधिकरण सक्षम रहेको बताउनुभयो ।

कुलमान घिसिङले प्राधिकरणको नेतृत्व सम्हालेको तीन बर्ष अघिबाट लक्ष्मी पूजाको दिनबाट प्राधिकरणले तिहारमा वत्ति काट्न छोडेको थियो ।यसपाली पनि तिहारमा कतै बत्ति नजाने सुनिश्चित गर्न प्राधिकरण जुटिसकेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सकेसम्म स्थानीय क्षेत्रका ट्रान्सर्फमरले लोड धान्न नकसकेर ट्रिपिङ हुने खालका समस्या पनि आउन नदिने गरी तयारी भइरहेको बताउनुभयो ।
गत वर्ष पनि लक्ष्मी पूजाका दिनमा प्राधिकरणले कतै पनि बत्ती नकाटिने गरी लोड व्यवस्थापन गरेको थियो । घिसिङका अनुसार अनुसार तिहारअघि नै सबै जलविद्युत् गृह, सबस्टेसन, प्रसारणलाइन तथा ट्रान्सर्फमरको नियमित मर्मत सकिनेछ ।

कुनै स्थानमा समस्या आउने बित्तिकै तत्काल सम्बन्धित स्थल पुगेर मर्मत गर्न नो–लाइटको टिम तयारी अवस्थामा राखिने छ । यस्तोे टिम कतै समस्या आए त्यहाँ तुरुन्तै पुगिहाल्छ, घिसिङले भन्नुभयो ।लक्ष्मीपूजाको दिन सबैभन्दा बढी विद्युतको माग काठमाडौं उपत्यकामा हुन्छ । ललितपुर, भक्तपुरसहित देशको मुख्य शहरी क्षेत्रहरुमा पनि ठूलो मात्रामा बिजुलीको माग हुने हुन्छ ।

काठमाडौंमा स्युचाटार, बालाजु, बानेश्वर, लैनचौर, टेकु, पाटन, सिंहदरवार, चाबहिल, चपली, मातातिर्थ, बनेपा र पाँचखाल सबस्टेशनलाई चुस्त अवस्थामा राखिनेछ । घिसिङले भन्नुभयो,‘हरेक वर्ष लक्ष्मी पूजाका दिन स्युचाटारको भारप्रेषण केन्द्रमा म आफैं बसेर उपत्यकाको विद्युत वितरण निगरानी गरेको छु, यस बर्ष पनि म आफै बस्छु ।’ उहाँका अनुसार लक्ष्मीपूजाका दिन साढे ३ सय मेगावाटको हाराहारीमा विद्युत् खपत गर्ने उद्योगहरु बन्द हुनेछन् ।
‘हामी तिहारमा जति माग आए पनि सुविधाजनक छौं,’ घिसिङ भनुहुन्छ, बिजुली अभाव भएर कतै बिजुली काट्नुपर्ने अवस्था आउँदैन, चाहेजति खपत गर्दा हुन्छ ।’ प्राधिकरणका अनुसार वर्ष तिहारमा १३०० मेगावाट विजुलीको माग हुने अनुमान छ । तर, प्राकिरणले अहिले देशभित्र नै ११ सय मेगावाट बराबरको विजुली प्लान्ट चालाइरहेको छ । यसवर्ष पनि हरेक गतिविधिमा जिम्मेवार, जवाफदेही र संवेदनशील भएर तालुक निकायका पदाधिकारीसँग निरन्तर सम्पर्कमा रहन कार्यकारी निर्देशक घिसिङले कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्