यस्तो देखियो नेकपा रामेछापको चियापान (फोटोफिचर)



कार्तिक ६, रामेछाप ।
नेपाल कम्युनिष्ट पार्टी रामेछापले आयोजना गरेको चियापान कार्यक्रम सम्पन्न भएको छ । सदरमुकाम मन्थलीमा आयोजना गरिएको चियापान कार्यक्रममा एक हजार भन्दा बढीको सहभागीता रहेको जिल्ला सचिव शान्ति पौडेलले जानकारी दिनुभयो ।

तिहार छठ नेपाल संवत लगायतको अवसरमा आयोजित कार्यक्रममा जिल्लाभरका नेता र कार्यकर्ताको बाक्लो उपस्थित रहेको थियो । चियापानमा सहभागीहरुलाई जिल्ला इन्चार्ज देवशकंर पौडेल, सह–इन्चार्ज एवं तीन नम्बर प्रदेशका आर्थिक तथा योजना मन्त्री कैलाश ढुंगेल, जिल्ला अध्यक्ष मैन कुमार मोक्तान, जिल्ला सचिव शान्ति पौडेल, पूर्व सभासद तारानारायण श्रेष्ठ लगायतका नेताहरुले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्