रामेछापका श्रेष्ठ विश्वकै होचा व्यक्ति ! गिनिज बुकमा नाम लेखाउने तयारी



कार्तिक ७, काठमाडौं । रामेछाप खाँडादेवी गाउँपालिका–३ भीरपानीका कल्याण श्रेष्ठ विश्वकै होचो व्यक्ति भएको दावी गरिएको छ । श्रेष्ठको परिवारले विश्वकै होचो र कम तौल भएको दावी गरेका हुन् । उहाँका बुबा रामबहादुर श्रेष्ठ र आमा रमा श्रेष्ठले आफ्ना छोराहरु राजु श्रेष्ठ र कल्याण श्रेष्ठको लागि सहयोगको आग्रह गर्नुभएको छ ।

२०४७/०८/०७ गते जेठा छोरा राजु र २०४८/०२/१९ गते कान्छा कल्याण श्रेष्ठको जन्म भएको थियो । होचा भएकै कारण छोराहरु दुवै जना नियमित तथा दैनिक जीवनचर्या अनौठो, आश्चर्यजनक र अकल्पनीय भई सीमित घेरा र क्षेत्रभित्र रही आएको बुबा आमाले गुनासो गरेका छन् ।
बुवा रामकुमारले भन्नुभयो,‘अहिलेको प्रविधि र सञ्चारको युगमा विभिन्न मिडियामार्फत छोराहरुको यथार्थ जीवनावस्थालाई बाहिर ल्याउन प्रचार प्रसार गरी सम्पुर्ण मानव समुदायवीचमा परिचय र जानकारी गराउन म आग्रह गर्दछु ।’

उहाँका अनुसार दुवै छोरा राजु र कल्याण जन्मपछि बढ्ने र शारीरिक मानसिक बृद्धि हुने क्रममा रोकावट आएपछि विभिन्न अस्पतालमा स्वास्थ्य परिक्षण गरिएकोमा थाइराईड हर्माेनको कमीले शारीरिक बृद्धिमा अवरोध आएको हो । बीस बाईस वर्षसम्म त बढ्ने आशा रह्यो तर ती आशाहरु निराशामा परिवर्तन भएपछि हाम्रो साहारा छोराहरुको जीवन गुजारा भईरहको छ । आमाको र परिवारको मुख्य जिम्मेवारी अन्य खेतीपाती, व्यापार व्यवसाय गर्नु नभई मात्र दुई भाइ छोराहरुको पालनपोषण, स्याहारसुसार र सहयोग गर्नु मात्र रहेको छ ।’

दुवै छोराहरु हातखुट्टा धुन, शौचालय जान, नुहाउन,लुगा धुन, खाना पकाउन, भित्र र बाहिर गर्न, कपडा लगाउन र बोल्नसमेत असक्षम रहेको बुबाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो कान्छो छोरा कल्याण त झनै दयनीय अवस्थामा छ । हाम्रो बुझाईमा कल्याण श्रेष्ठ नेपालकै र विश्वको नै सबभन्दा होचो व्यक्ति र सबभन्दा कम तौल भएका व्यक्तिका रुपमा चिनिन र ठहरिन गई ग्रिनिज बुकमा नाम दर्ता हुन सक्ने सम्भावना भएकोल नेपालकै र विश्वकै सबभन्दा होचो र कम तौल भएको व्यक्तिको रुपमा गिनिज बुकमा नाम दर्ता गराउन प्रक्रिया अगाडि बढाइदिन म आग्रह गर्दछु ।’

उहाँले छोराहरुको पालन पोषण, स्याहार सुसार गर्न, नियमित स्वास्थ्य परीक्षण र स्वास्थ्य उपचारका लागि आर्थिक रकम अभाव भई समस्या परेकोले जीवन निर्वाहका लागिसरकार तथा गैर–सरकारी संघसस्था समक्ष पनि आवश्यक सहयोगका लागि आग्रह गर्नुभएको छ ।
बुबा रामबुहादुरका अनुसार जेठो छोरा राजुको उचाई ४२ इन्च र तौल २३ केजी छ ।

कान्छा छोरा कल्याणको तौल १० केजी र उचाई २९ इन्च मात्र छ । इशाराले मात्र आफ्ना कुरा व्यक्त गर्ने कान्छा छोरो कल्याणलाई त क्षणभर पनि छोड्न मिल्दैन् । हाल उनीहरुको समयमा देखापर्ने शारिरीक परिवर्तनहरु जस्तै दाह्री, जुङ्गा आउने दाँत साटिने बोलीमा धोद्रोपन आउने, बौद्धिक तथा यौन परिपक्वता आदिमा कुनै पनि परिवर्तन देखिएको छैन।’दुई छोराहरुमध्ये जेठो राजुले होचो र असामान्य व्यक्ति भएरपनि शिक्षाशास्त्र संकायमा १२ उतीर्ण र ६ महिने आधारभुत कम्प्युटर तालिम पुरा गरेको पनि बताउनुभयो ।
!

प्रतिक्रिया दिनुहोस्