रामेछापका सफल व्यवसायी राङदान तामाङको मोटरसाइकल दुर्घटनमा निधन



९ कार्तिक, रामेछाप ।
रामेछाप जिल्लाका सफल व्यवसायी राङदान तामाङको मोटरसाइकल दुर्घटनमा परी निधन भएको छ । आज दोरम्बा गाउँपालिकाबाट काठमाडौंतर्फ आउदै गर्दा खाँडादेवी गाउँपालिका–१ राकाथुममा मोटरसाइकल दुर्घटनमा परी निधन भएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।

दुर्घटनमा निधन हुनुभएका तामाङकै पहलमा रामेछाप जिल्लामा व्यवसायीक बिकी खेतीको सुरुवात भएको थियो । दोरम्बा गाउँपालिका–१ डडुवामा जन्मिनुभएका तामाङले नेपालमै कृषि व्यवसायबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने प्रमाणित गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्