रामेछापमा उपनिर्वाचनः नेकपाबाट पाँच जनाको नाम सिफारिस



१४ कार्तिक, रामेछाप ।
रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–५ प्रितीको वडा अध्यक्षको लागि हुन लागेको उपनिर्वाचनको लागि सत्तारुढ दल नेकपाले पाँच जनाको नाम सिफारिस गरेको छ । पार्टी कमिटीले पूर्णता नपाएपछि गाउँपालिकाका अध्यक्ष समेत रहेका नेकपाका नेता शेर बहादुर सुनुवारले जिल्ला पार्टीमा पाँच जनाको नाम सिफारिस गरेका हुन् ।
प्रितिका वडा अध्यक्ष कुवेर बहादुर खत्रीको मृत्यु भएपछि खाली भएको ठाउँमा निर्वाचन आयोगले वडा अध्यक्षको पुनः निर्वाचन गर्न लागेको हो । करिब १२ सय मतदाता रहेको वडा अध्यक्षको लागि नेकपाले मृतक वडा अध्यक्षका कान्छा छोरा नवराज खत्री, कार्यवहाक वडा अध्यक्ष एवं वडा सदस्य कुलबहादुर बस्नेत, राजेन्द्र कार्की, पदम बहादुर तामाङ, शिवबहादुर कार्की र चित्र बहादुर तामाङको नाम सिफारिस गरिएको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले रामेछाप न्युजलाई बताउनुभयो ।

उहाँले भन्नुभयो,‘सम्भावित वडा अध्यक्षका उम्मेदवारको नाम जिल्ला पार्टीमा सिफारिस गरिएको छ, केही दिनभित्र उम्मेदेवारको टुंगो लगाएर, निर्वाचनको कार्यक्रम बनाएर अभियानमा जुटछौं ।’ अध्यक्ष सुनुवारले वडा अध्यक्षमा नेकपाले जित्तेमा कुनै शकां नरहेको दावी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्