कार्यकर्तालाई पारदर्शी हुन मन्त्री ढुंगेलको आग्रह



१३ कार्तिक, रामेछाप ।
नेकपा रामेछापका सह–इन्चार्ज एवं तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले कार्यकर्ताहरुलाई पारदर्शी भएर काम गर्न निर्देशन दिनुभएको छ । विकास निर्माणको काममा पारदर्शी हुनुपर्ने बताउदै उहाँले नेता कार्यकर्ताहरुलाई खल्ती नभएको कोट लगाएर पादर्शी हुन आग्रह गर्नुभयो । रामेछाप जिल्लामा अहिलेसम्म नभएको विकास निर्माणको काम नेकपा नेतृत्वको सरकारमा अगाडि बढेको बताउदै मन्त्री ढुंगेलले भन्नुभयो,‘विकास निर्माणको काम अगाडि बढेका छन्, जिल्लाभित्र सञ्चालित विकास निर्माणको काम गुणस्तरीय र पारदर्शी हुनुपर्छ ।’
खाडाँदेवी गाउँपालिका–६ माकादुममा माकादुम खेलकुद विकास समितिले आयोजना गरेको प्रथम माकादुम वडाअध्यक्ष कप वडास्तरीय भलिवल प्रतियोगिताको उदघाटन गर्दै उहाँले देश विकासको अभियानमा सबै मिलेर अगाडि बढनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेकपाका जिल्ला इन्चार्ज देवशकंर पौडेलले पार्टीलाई शुद्धिकरण गर्नको लागि अनुशासन बलियो हुनुपर्ने बताउनुभयो ।
त्यसैगरी उक्त कार्यक्रममा खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेम बहादुर तामाङले खेलकुल क्षेत्रको विकासको लागि गाउँपालिकाले विशेष ध्यान दिएको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मखमली श्रेष्ठ, नेकपा रामेछापका नेता आनन्द श्रेष्ठ, लव श्रेषठ, प्रकाश कुमार कार्की, गाउँपालिका–६ माकादुमका वडा अध्यक्ष पुष्कर कार्की, युवा संघका केन्द्रिय सदस्य कृष्णहरि केसी लगायतको सहभागीता रहेको थियो । आजबाट सुरु भएको खेलमा १८ वटा भलिवल टीमले सहभागी भएको वडा अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्