प्रधानमन्त्री ओलीको मृर्गौलाको डाईलायसिस गरियोः प्रचण्ड (भिडियोसहित)



१४ कार्तिक, काठमाडौं ।
नियमित स्वास्थ्य चेकजाँच गर्न हिजो अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला डाईलायसिस गरिएको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताउनुभएको छ । उहाँका अनुसार दुई पटक प्रधानमन्त्री ओलीको मृगौलाको लाईलायसिस गरिएको हो ।

नेकपाका अध्यक्ष प्रचण्डलगायतका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न बिहीबार ग्राण्डी अस्पताल पुग्नुभएको थियो । स्वास्थ्य अवस्था बुझेपछि अध्यक्ष प्रचण्डले आज नै प्रधानमन्त्री ओली डिस्चार्ज हुने जानकारी दिनुभयो ।

 

https://www.facebook.com/suryakiranji/videos/10218096776483877/

प्रतिक्रिया दिनुहोस्