रामेछापमा उपनिर्वाचनः कांग्रेसबाट पाँच जनाको चर्चा



१५ कार्तिक, रामेछाप ।
रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–५ प्रितीको वडा अध्यक्षको लागि हुन लागेको उपनिर्वाचनको लागि नेपाली कांग्रेसबाट पाँच जनाको चर्चा सुरु भएको छ । उमाकुण्ड गाउँ कमिटीले पाँच जनाको नाम जिल्ला कार्यसमितिमा सिफरिस गर्ने तयारी गरेको हो ।

प्रितिका वडा अध्यक्ष कुवेर बहादुर खत्रीको मृत्यु भएपछि खाली भएको ठाउँमा आगामी मंसिर १४ गते निर्वाचन आयोगले वडा अध्यक्षको पुनः निर्वाचन गर्न लागेको छ । करिब १२ सय मतदाता रहेको वडा अध्यक्षको लागि नेकपाले पाँच जनाको नाम सिफारिस गरिसकेको छ ।
गत स्थानीय तहको निर्वाचनमा प्रितिबाट वडा अध्यक्षमा उम्मेदवार बनेका कांग्रेसका हेमराज सुनुवार, महेश भण्डारी, दिपक कार्की, सावित्री सुनुवार, अम्बर बहादुर कार्कीको चर्चा सुरु भएको छ । यी पाँच जनाबाटै कांग्रेसले एक जनालाई वडा अध्यक्षको उम्मेदवार बनाउने बताइएको छ ।
नेपाली कांग्रेस रामेछापका सचिव लेखबहादुर कार्कीले गाउँ कार्यसमितिबाट उम्मेदवारको नाम सिफारिस भएपछि मात्र वडा अध्यक्षको को बन्ने भन्ने विषयमा टुंगो लाग्ने रामेछाप न्युजलाई बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्