सहकारी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढछौः अध्यक्ष तामाङ



१६ कार्तिक, काठमाडौं ।
खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले सहकारी क्षेत्रसँग सहकार्य गरेर गाउँपालिकालाई समृद्ध बनाउन सकिने बताउनुभएको छ । उहाँले निजी क्षेत्र, सहकारी र स्थानीय सरकारबीच समन्वय गरेर समृद्धिको सपना साकार हुने बताउनुभएको हो । सहकारीले उत्पादन क्षेत्रमा बढी लगाउनु पर्नेमा जोड दिदै अध्यक्ष तामाङले कृषि क्षेत्रको विकासको लागि सहकारीको ठूलो भूमिका रहेको बताउनुभयो ।
वागेश्वरी साना किसान सहकारी संस्था राकाथुमको चौथो साधारणसभालाई शनिवार राजधानीमा सम्बोधन गर्दै अध्यक्ष तामाङले सहकारी माफर्त नमूना काम गर्न सकिने धारणा राख्नुभयो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मखमली श्रेष्ठले सहकारीको माध्यबाट कृषि क्षेत्रको विकासमा योगदान दिने बताउनुभयो । खाँडादेवी गाउँपालिका–१ राकाथुमका वडा अध्यक्ष विष्णु श्रेष्ठले सहकारीले गाउँको विकासमा योगदान दिने धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्