नेकपा तीन नम्बर प्रदेश कमिटीकाे सचिवालमा रामेछापबाट चार जना चयन



२५ कार्तिक, रामेछाप ।
नेकपा तीन नम्बर प्रदेश कमिटीले सचिवालयमा रहने सदस्यहरुको नाम टुंगो लगाएको छ । तीन नम्बर प्रदेशको १३ जिल्लाबाट प्रतिनिधित्व हुने गरी सचिवालय सदस्यहरुको नाम टुंगो लगाएको हो । २१९ सदस्यीय प्रदेश कमिटीमा ७३ सदस्य सचिवालय गठन गरिएको छ ।

त्यसैगरी तीन नम्बर प्रदेश कमिटीमा रहेका १३ जना सदस्य मध्ये चार जना सचिवाय सदस्यमा चयन भएका छन् । तीन नम्बर प्रदेश कमिटीका सदस्यहरु, धावा लामा, तुला प्रसाद कंडेल, मैन कुमार मोक्तान र शान्ति पौडेल सचिवालय सदस्यमा चयन भएका हुन् । लामा सुनापती गाउँपालिकाका अध्यक्ष रहनुभएको छ । त्यसैगरी मोक्तान जिल्ला कमिटीका अध्यक्ष र पौडेल सचिव रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्