नेपाली कांग्रेस रामेछापले सुनुवारलाई बनायो उम्मेदवार



२६ कार्तिक, रामेछाप ।
नेपाली कांग्रेस रामेछाप जिल्ला कार्य समितिले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको लागि सावित्री सुनुवारलाई उम्मेदवार बनाएको छ । उमाकुण्ड गाउँपालिका–५ प्रिति वडामा हुने उपनिर्वाचनको लागि सुनुवारलाई उम्मेदवार बनाएको हो । १७ सय ४९ जना मतदाता रहेको वडामा सत्तारुढ दल नेकपाले कुल बहादुर बस्नेतलाई उम्मेदवार बनाएको छ । यस अघि भएको स्थानीय तहको निर्वाचनमा नेकपाले वडा अध्यक्ष जितेको थियो ।
नेपाली कांग्रेस रामेछापका सचिव लेखबहादुर कार्कीले  सुनुवारलाई उम्मेदवार बनाउने निर्णय गरेकाे बताउदै उहाँलाइ जिताउनकाे अब पाटीले  चुनावी अभियान सञ्चालन गर्ने रामेछाप न्युजलाई बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्