रामेछापमा १८ सय ५३ मेगावाट जलाशययुक्त आयोजना अगाडि बढ्यो



स्नेहा सिलवाल
२६ कार्तिक, काठमाडौं । रामेछाप र दोलखा जिल्लाको सिमाना भएर बग्ने खिम्ती खोलामा जलाशययुक्त आयोजना बनाउनको लागि विद्युत विकास विभागले सम्भाव्यता अध्ययनको काम अगाडि बढाएको छ । दुई वटा विकल्पमा अध्ययन गर्न विभागले सूचना जारी गरेको थियो । विद्युत विकास विभागले छनौट भएका कम्पनीको प्राविधिक प्रस्ताव तयार अन्तिम चरणमा पुगेको छ । विद्युत विकास विभागका महानिर्देशक नविनराज सिंहले जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन गर्नको लागि प्राविधिक प्रस्तावको मुल्याङकन अन्तिम चरणमा पुगेको रामेछाप न्युजलाई बताउनुभयो । उहाँका अनुसार सम्भाव्यता अध्ययनको लागि अन्तर्राष्ट्रिय कम्पनीहरु छनौट भएका छन् ।

विभागले खिम्ती खोला थुनेर ठोसे शिवालयमा ३२६ मेगावाट र सोही ठाउँमा ड्याम बनाएर हाल हिमाल हाइड्रोपावर भएको ठाउँबाट १८ सय मेगावाट उत्पादन गर्ने सकिने योजना अगाडि सारेको छ ।

खिम्ती खोलालाई थुनेर देउराली भ्यालीमा जलाशययुक्त जलविद्युत निर्माणको प्रक्रिया अगाडि बढेको छ । रामेछापको उत्तरी क्षेत्रमा रहेको उमाकुण्ड गाउँपालिकाको ठोसेस्थित गर्जाङ देउराली भ्यालीमा यो जलविद्युत निर्माण हुनेछ ।रन अफ रिभरु रहेको खिम्तीखोला हिम नदी हो । यसको उद्गमस्थलभन्दा केही तल रिजर्भवायर ड्याम बनाएर गर्जाङ देउराली भ्यालीको बस्ती विस्थापित गरेर आयोजना निर्माण गर्न सकिने अवधारणा अगाडि सारेको छ ।

विभागले अहिले ३२६ मेगावाटको लाग सूचना जारी भएको छ, १८ सय मेगावाटको अवधारणा पनि रहेको छ, यदी १८ सय मेगावाटको आयोजना बन्ने हुँदा खिम्ती २, हिमाल हाइड्रोपावर विस्थापित हुन सक्ने सम्भावना पनि रहेको छ । खिम्ती–२ जलविद्युत आयोजना निर्माणको काम अगाडि बढाउने तयारीमा रहेको छ ।
विभागले हाल अध्ययन गरिरहेकोमध्ये सबैभन्दा ठूलो आयोजना खिम्ति शिवालय जलाशययुक्त आयोजना हो, जसको क्षमता १ हजार ८ सय ५३ मेगावाट छ । दोलखाको जिरी नगरपालिका र रामेछापको गोकुलगंगा गाउँपालिकाको सीमा भएर बग्ने खिम्ती खोलामा बाँध बाधेर यो आयोजना बनाउन सकिने प्रारम्भिक अध्ययनबाट देखिएको छ । ३ वर्षदेखिको अध्ययनले बुढीगण्डकी जलविद्युत् आयोजनाभन्दा सस्तो पर्ने देखिएको छ ।रामेछापको ठोसे बजार नजिक २ सय मिटर बाँध बनाउँदा यो आयोजनाबाट १८ सय मेगावाट विजुली उत्पादन गर्ने जलाधार भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्