रामेछापको उपनिर्वाचनः नेकपा र कांग्रेसबीच प्रतिष्ठाको लडाइँ, चार जनाले गराए उम्मेदवार दर्ता



२७ कार्तिक, रामेछाप ।
रामेछापको उमाकुण्ड गाउँपालिका–५ प्रतिमा हुने वडा अध्यक्षको उपनिर्वाचन सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबीच प्रतिष्ठाको विषय बनेको छ । दुवै दलले उप निर्वाचन जित्न जिल्ला नेतृत्व नै खटिएको छ ।
आगामी मंसिर १४ गते हुने वडाध्यक्ष पदको उप निवाचनका लागि बुधवार उमाकुण्ड गाउँपालिकाको कार्यालय समेत रहेको प्रितिमा चार जना उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय उमाकुण्ड गाउँपालिकामा चारै जनाले उम्मेद्धारी दर्ता गराएका हुन् ।
वडाध्यक्ष पदको लागि नेकपाबाट कार्यवहाक वडा अध्यक्ष कुल बहादुर बस्नेत, नेपाली काग्रेसका सावित्री सुनुवार, समाजबादी पार्टीबाट राजकुमार सुनुवार र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबाट हर्क बहादुर तामाङले उम्मेदवारी दर्ता गराएका छन् ।

१७ सय ४९ मतदाता रहेको प्रितिमा नेकपा र कांग्रेसबीच नै प्रतिस्पर्धा हुनेछ । नेकपाबाट उम्मेदवार बनेको वस्नेत र कांग्रेसबाट उम्मेदवार बन्नुभएकी सावित्रा सुनुवार दुवैले चुनाव जित्ने दावी गरेका छन् । प्रितिमा यस अघि भएको स्थानीय निर्वाचनमा नेकपाले जित हात पारेको थियो । उम्मेदवारी दर्ता गराउनु अघि नेकपा र कांग्रेसका जिल्ला तहका नेताहरु समेत सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्