रामेछापको डडुवामा बलेरो गाडी दुर्घटना



२ मंसिर, रामेछाप ।
रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नम्बर १ डडुवामा आज साझ बलेरो गाडी दुर्घटना भएको छ । दोलखाको सैलुङ गाउँपालिकाबाट दोरम्बा गाउँपालिकाको दोरम्बा छेवारमा आउने क्रममा बलेरो गाडी दुर्घटना भएको हो । दोरम्बा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष खडग बहादुर श्रेष्ठले गाडी दुर्घटना हुँदा घाइते भएकाहरुको उद्दार गरेर अहिले दोरम्बा स्वास्थ्य चौकीमा उपचार भइरहेको रामेछाप न्युजलाई बताउनुभयो । उहाँका अनुसार अहिले पनि घटनास्थलमा उद्धारको लागि ठूलो संख्यामा प्रहरी र स्थानीय खटिएका छन् । स्थानीयको अनुसार केहीको मृत्यु भएको आशका गरिएको छ । गाडी सडकबाट करिब ३ सय मिटर तल जंगलमा पुगेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्