अब भारतबाट बिजुली आयत गर्नु पर्दैन नेपालकै उत्पादनले पुग्छः कुलमान घिसिङ



३ मंसिर, काठमाडौं ।
नेपाल विद्युतमा आत्मनिर्भर हुने अवस्थामा पुगेको छ । नेपालमा बिजुलीको उत्पादन बढ्दै गएपछि भारतबाट आयात हुने बिजुलीको परिमाण ह्वातै घटेको छ । विद्युत आयत घटेसँगै बार्षिक अरबौ रुपैयाँ भारतबाट विद्युत खरिदमा खर्च गर्दै आएको सरकारको ठूलो बजेट जोगिएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले साँझ दैनिक एक डेढ घन्टामात्र बिजुली आयात भइरहेको बताउनुभयो । धेरै बिजुली आयात गर्नु पर्दैन, उहाँले भन्नुभयो ।

गत वर्ष नेपालले भारतबाट २२ अर्ब रुपैयाँ बराबरको बिजुली आयात गरेको थियो। यो वर्ष आयात आधाले घटाउने लक्ष्य रहेको घिसिङले बताउनुभयो । सरकारी र निजी क्षेत्रबाट उत्पादन भएको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने क्रम जारी रहेको बताउदै उहाँले गत जेठमा प्राधिकरणले निर्माण गरेको त्रिशुली थ्री ए प्रसारण लाइनमा जोडिएको बताउनुभयो ।

आउने वर्ष माथिल्लो तामाकोशीबाट बिजुली उत्पादन सुरू भएपछि हिउँदमा पनि आन्तरिक उत्पादनबाटै बिजुलीको माग धानिने आँकलन गरिएको । अहिले पनि नेपालले दैनिक रूपमा धेरै भएको बिजुली भारतको बिहारमा बेच्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्