गोली काण्डः लिखु तामाकोसी गाउँपालिकाका उपाध्यक्ष दाहाल वडाअध्यक्ष बोहोरा र नेता कार्की ढरौटीमा रिहा



मंसिर, काठमाडौं ।
जिल्ला अदालत काठमाडौंले लिखु तामाकोसी गाउँपालिकाकी उपाध्यक्ष दिपशिखा दाहाल, वडा अध्यक्ष सुवास बोहोरा र नेकपाका नेता सन्दिप कार्कीलाई ढरौटीमा रिहा गरेको छ । लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का दिएको उजुरीको सुनुवाई गर्दै जिल्ला अदालतल काठमाडौंले उपाध्यक्ष र वडा अध्यक्षलाई साढे ६ लाख र नेता कार्कीलाई साढे चार लाख टरौटीमा रिहा गरेको हो ।


काठमाडौं जिल्ला अदालतका न्यायाधिश विदुर कोइरालाको एकल इजलाशसले तीनै जनालाई ढरौटीमा रिहा गरेको छ । गत साउन २८ गते गाउँपालिकाका अध्यक्ष खड्काले तीन जनाको विरुद्ध जिल्ला अदालतमा किटानी जाहेरी दिनुभएको थियो । गाउँपालिकाभित्र बिद्युतीकरण प्रकरणमा कार्यपालिकाका अधिकाशं सदस्यहरुले आपत्ति जनाएपछि गाउँपालिकाका अध्यक्ष खड्काले बदला लिनको लागि उपाध्यक्ष सहित तीन जनाको विरुद्ध गोली काण्डपछि अदालतमा जाहेरी दिनुभएको थियो ।

जिल्ला अदालतमा उजुरी दिए लगत्तै नेकपा जिल्ला कमिटीका सदस्यबाट नेकपाले कारवाही गरेको थियो । जिल्ला कमिटी रामेछापले कारवाही गर्न आनाकानी गरेपछि तीन नम्बर प्रदेश कमिटीले नै खड्कालाई कारवाही गरेको थियो ।
गाउँपालिकाका अध्यक्ष खडकालाई धम्की दिएर पैसा माग्ने लिखु तामाकोसी गाउँपालिका–७ का बाबुराम तामाङ लोप्साङ र मिलनलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको थियो । लोप्साङ पक्राउ परेसँगै आफूलाई धम्की दिने योजना बनाउने उपाध्यक्ष सहित तीन जनाको विरुद्ध खड्काले अदालतमा मुद्दा हालेका थिए ।

गत साउन २५ गते खड्काले प्रहरीले दिएको उजूरीका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष टोलीले स्वयम्भूको विजेश्वरी हाउजिङस्थित एक क्याफेमा बाबुराम तामाङलाई फेला पारेर नियन्त्रणमा लिने क्रममा गोली चलाएको थियो । तामाङ भाग्न खोजेपछि प्रहरीले घुँडामुनि गोली हानेर नियन्त्रणमा लिएको थियो । उनका सहयोगी अमृत तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ । गत वैशाख १३ को गाउँ सभामासमेत गाउँपालिकाका अध्यक्ष खडका र वडा अध्यक्ष बोहरासँग विद्युतीकरणको नाममा भएको घोटलाको बारेमा विवाद भएको थियो ।

प्रतिक्रिया दिनुहोस्